इ–बाराही डटकमको एआई प्रयोग सम्बन्धी नीति २०८२
१. गुणस्तरीय पत्रकारिता अभिवृद्धिका लागि हामी समाचार सामग्रीको उत्पादन, प्रकाशन वा प्रसारण गर्दा एआई उपकरणहरूको प्रयोग गर्न सक्छौं ।
२. एआई सिर्जित प्रत्येक समाचार सामग्रीको तथ्य प्रमाणित गरेर मात्र प्रकाशन गर्दछौं ।
३. हामी एआई सिर्जित हरेक समाचार सामग्री जस्ताको तस्तै प्रयोग गर्दैनौं । हाम्रा पत्रकार वा सम्पादकले त्यसलाई समीक्षा र सम्पादन गरेर मात्र प्रकाशन गर्नेछन् ।
४. यदि कुनै सामग्रीमा एआई प्रयोग गरिएको छ भने हामी त्यसबारे पाठकलाई स्पष्ट रूपमा जानकारी दिन्छौं।
५. हामी एआई सिर्जित समाचार सामग्रीमा देखापर्न सक्ने पूर्वाग्रहबाट सचेत रहन्छौं ।
६. कसैको व्यक्तिगत जानकारी प्रयोग गर्दा हामी सावधानी अपनाउँछौं र कानुनी मापदण्ड पालना गर्छौं।
७. एआईले बनाएको तस्बिर वा भिडियो प्रयोग गरेको खण्डमा त्यसलाई स्पष्ट रूपमा क्याप्सनमा उल्लेख गर्नेछौं ।
८. हामी पाठकलाई भ्रममा पार्न सक्ने कुनै पनि एआई सामग्री हामी प्रयोग गर्दैनौं।
९. हामी जातीय, धार्मिक वा लैंगिक संवेदनशीलतासँग सम्बन्धित विषयमा एआई प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउछौं ।
१०. हाम्रो अनलाइनमा प्रकाशित एआई सिर्जित सामग्रीमा कुनै किसिमको त्रुटि भएमा त्यसको जिम्मेवारी हामी लिन्छौं ।
पुनश्चः पत्रकार आचार संहिताका लागि हामी प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) अनुसरण गर्दछौं ।
सम्पादक/प्रकाशक
तपाईको प्रतिक्रिया