तनहुँ, पुस ४
व्यास नगरपालिका-८ रिस्ती स्थित वडा कार्यालय परिसरमा बृहत् स्वास्थ्य शिविर हुने भएकाे छ । पुस १२ गते शनिबार व्यास नगरपालिका, व्यास ८ वडा कार्यालयकाे आयाेजना र चितवन मेडिकल कलेजकाे प्राविधिक सहयाेगमा स्वास्थ्य शिविर हुन लागेकाे व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिए।
स्वास्थ्य शिविरमा स्त्रीराेग, आँखा, नाक, कान, दाँत, घाँटी लगायतकाे निशुल्क परिक्षण हुने व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले जानकारी दिए । व्यास नगरपालिकाकाे २२६ औँ कार्यपालिका बैठककाे निर्णय अनुसार निशुल्क बृहत् स्वास्थ्य शिविर गर्न लागिएको उनले बताए । स्वास्थ्य शिविरमा उपस्थित भएर सेवा लिन समेत लम्सालले आग्रह गरे ।
स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला, बालबालिका सहित सबैकाे निशुल्क स्वास्थ परिक्षण हुने व्यास नगरपालसकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले बताए । उक्त शिविरमा भरतपुर स्थित चितवन मेडिकल कलेजकाे चिकित्सकले स्वास्थ परिक्षण गर्ने र आँखा परिक्षणकाे लागि हिमालय आँखा अस्पताल पाेखराबाट समेत नेत्र चिकित्सककाे सहभागीता रहने व्यास नगरपालिका ८ का वडाध्यक्ष युवराज गुरूङले जानकारी दिए।
तपाईको प्रतिक्रिया