२०८३, भदौ १३ शनिबार
समाज

स्वर्गीय पत्रकार गोरा मियाँको स्मृतिमा एक लाख १७ हजारको अक्षयकोष स्थापना

प्रकाशित मिति: २०८३, बैशाख २८ सोमबार/ Monday 05-11-26

तनहुँ, वैशाख २८
नेपाल पत्रकार महासंघ तनहुँले शाखाका पूर्व सल्लाहकार तथा प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष स्वर्गीय शेष मोहम्मद हनिफ (गोरा मियाँ) को स्मृतिमा १ लाख १७ हजार ७ सय ६३ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

पत्रकारिता क्षेत्रमा स्वर्गीय मियाँले पुर्‍याएको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यसहित उक्त अक्षयकोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जनाएको छ । शाखाका पदाधिकारी, सदस्य तथा साधारण सदस्यबाट स्वतःस्फूर्त रूपमा रकम सङ्कलन गरी कोष स्थापना गरिएको शाखाका अध्यक्ष धनपति अधिकारीले जानकारी दिए ।

स्वर्गीय मियाँको २०८२ माघ २१ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनको चौथो दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा शाखाका अध्यक्ष अधिकारीले “स्व शेष मोहम्मद हनिफ (गोरा मियाँ)फोटो पत्रकारिता स्मृति पुरस्कार” स्थापना गरिने घोषणा गरेका थिए ।

स्थापित अक्षयकोषबाट प्रत्येक वर्ष फोटो पत्रकारितामा महत्वपूर्ण योगदान पुर्‍याउने एक जना सञ्चारकर्मीलाई सम्मान गरिने महासंघले जनाएको छ ।

अक्षयकोष स्थापनाका लागि डिपी अधिकारीले पाँच हजार, विवि श्रेष्ठले पाँच हजार पाँच सय, कृष्ण न्यौपानेले पाँच हजार, सविन लामिछानेले पाँच हजार, प्रतापसिंह अधिकारीले पाँच हजार, प्रकाश अधिकारीले दुई हजार, ओमकार आचार्यले पाँच हजार एक सय ११, प्रकाशचन्द्र भट्टराईले पाँच हजार, डा। बसन्तरविमला कंडेलले सात हजार सात सय ७७, उपेन्द्र खनालले पाँच हजार पाँच सय ५५, सोनी शर्माले पाँच हजार पाँच सय ५५, सूर्यचन्द्र बस्नेतले पाँच हजार पाँच सय ५५, मदनरशिला वाग्लेले चार हजार, राजकुमार श्रेष्ठले तीन हजार, देव गजमेरले दुई हजार पाँच सय पाँच, विष्णु गौतमले पाँच हजार, प्रेमप्रसाद पौडेलले पाँच हजार एक सय ५५, सुनिता आचार्यले पाँच हजार पाँच सय, प्रताप रानाले तीन हजार पाँच सय, श्रीहरि पौडेलले दुई हजार, सम्झना रसाइलीले पाँच हजार, प्रदीप काफ्लेले पाँच हजार, डम्बरबहादुर अधिकारीले पाँच हजार, नारायण खड्काले पाँच हजार तथा एलोज श्रेष्ठले पाँच हजार ५० रुपैयाँ सहयोग गरेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया