राजनीति
राष्ट्रसंघको ८०औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाँदै
प्रकाशित मिति:
२०८३, भदौ १९ शुक्रबार/ Friday 09-04-26
काठमाडौं, भदौ १८
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुने महासभामा प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका हुन्।
प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन परराष्ट्र मन्त्रालयले आवश्यक तयारीलाई तीव्रता दिएको छ।
महासभामा प्रधानमन्त्री शाहको सहभागिता तथा भ्रमणका क्रममा हुने विभिन्न कार्यक्रमलाई लक्षित गर्दै मन्त्रालयले आवश्यक समन्वय र तयारी अघि बढाइरहेको छ।
तपाईको प्रतिक्रिया