समाज
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ५ जना घाइते
प्रकाशित मिति:
२०८३, असोज २३ शुक्रबार/ Friday 10-09-26
पोखरा, २३ असोज
कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा शुक्रबार बिहान विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ। प्रहरीका अनुसार सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको स्कुल बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
दुर्घटनाका बेला बसमा करिब २१ जना विद्यार्थी सवार थिए। घटनालगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो।
प्रहरीका अनुसार उद्धार गरिएका पाँच जना घाइते विद्यार्थीलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण र अन्य क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया